logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • यो साता ४०० ले घट्यो सुनको मूल्य, चाँदी स्थिर

    यो साता ४०० ले घट्यो सुनको मूल्य, चाँदी स्थिर

    8K
    SHARES
    यो साता ४०० ले घट्यो सुनको मूल्य, चाँदी स्थिर

    काठमाडौं । यो साता सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साताभर सुनको मूल्यमा प्रतितोला ४०० रूपैयाँको गिरावट आएको जानकारी दिएको छ । गत साताको शुक्रबार प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम थियो ।

    जुन, यो साताको शुक्रबार प्रतितोला ९२ हजार ७०० रूपैयाँ कायम भएको महासंघले जनाएको छ । यो साताभरमा आएको प्रतितोला ४०० रूपैयाँको गिरावट हो । यसैगरी, गत शुक्रबार तेजाबी सुनको प्रतितोला ९२ हजार ६०० रूपैयाँ थियो । जुन, यो साताको शुक्रबार ९२ हजार २०० रूपैयाँ छ ।

    यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार र मंगलबार केही उकालो लागेको थियो । त्यसपछि, बुधबार, बिहीबार र शुक्रबार निरन्तर घटेसँगै साताभरमा मूल्य घटेको महासंघले बताएको छ । यसैगरी, यो सातामा चाँदीको मूल्य स्थिर कायम भएको महासंघले जानकारी दिएको छ ।

    गत साताको शुक्रबार प्रतितोला १२ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको छ । यसबीचमा आइतबार स्थिर रहेको चाँदी सोमबार १० रूपैयाँले घटेको थियो । यस्तै, मंगलबार बढेको चाँदी बुधबार स्थिर रहेर विहीबार केही घटेको थियो ।


    अर्थ चाैतारी
  • शनिबार, १७ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट