logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना संक्रमण पुष्टि, २५२ जना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना संक्रमण पुष्टि, २५२ जना संक्रमणमुक्त

    9.9K
    SHARES
    पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना संक्रमण पुष्टि, २५२ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

    शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९५९ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो।

    उक्त अवधिमा पाँच हजार सात जनाको पीसीआर परीक्षण गरिएकोमा ३४२ जनाको रिपोर्ट पोजिटिभ आएको थियो। यस्तै एन्टिजेन विधिमार्फत् १५ हजार ९५२ जनाको परीक्षण गर्दा ४० जनामा मात्र संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार उक्त अवधिमा २५२ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या चार हजार ९६९ रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण हुने मृत्यु शून्य रहेको छ।


    अर्थ चाैतारी
  • २०७८ पुस १७, शनिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट