logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • शिक्षा सेवा ऐन तत्काल जारी गरिदै, शिक्षकलाई अस्थायी लाइसेन्स दिने तयारी

    शिक्षा सेवा ऐन तत्काल जारी गरिदै, शिक्षकलाई अस्थायी लाइसेन्स दिने तयारी

    247.1K
    SHARES
    शिक्षा सेवा ऐन तत्काल जारी गरिदै, शिक्षकलाई अस्थायी लाइसेन्स दिने तयारी

    काठमाडौं । शिक्षक सेवा आयोगले १७ हजार नयाँ दरबन्दी आह्वान गरेसंगै संगै सरकारले सोहि कार्यको सहजताका लागि संघीय शिक्षा ऐन तत्काल जारी गर्ने तयारी थालेको छ । अब नयाँ शिक्षक दरबन्दी संघीय शिक्षा ऐन अनुसार नै गरीने भएको छ । सथै आयोगले माघको पहिलो साता शिक्षकलाई अस्थायी लाइसेन्स दिने तयारी गरिने लागेको आगोगको उच्च स्रोतले जनाएको छ । अस्थायी लाइसेन्स पाउने शिक्षकले करार तथा रहात कोटामा अध्यापन गराउन पाउने छन् ।



    राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार अब सरकारले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई थप सेवा सुविधा दिने व्यवस्था गरेको र सोहि अनुरुप सरकारले २ अर्ब ६६ करोड रुपैया पनि विनियोजन गरेको छ । शिक्षा नीति अनुसार दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीलाई आवश्यकताका आधारमा थप सुविधा दिन सकिने व्यवस्था क्रमशः गरिन लागिएको छ ।

    मन्त्रालय स्रोतका अनुसार केहि दिनमा संघीय शिक्षा ऐन जारी गरिने र राष्ट्रिय शिक्षा नीति अनुसार सबै सार्वजनिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन विद्यार्थी–शिक्षक अनुपात हेरी दरबन्दी मिलान गरीने भएको छ । यस्तै शिक्षकहरुलाई आवधिक बढुवा, अस्थायी अवधि गणना, तहगत बढुवा संघीय शिक्षा ऐन अनुसार गरिने भएको छ । एने अनुसार लामो समयदेखि कार्यरत राहत शिक्षक, स्थायी नभएका शिक्षकहरू प्रतिस्पर्धाबाट स्थायी हुने वा स्वःतह अवकासमा जाने भनेर रोज्न पाउने छन् । अवकासमा जाने शिक्षकले पाँचलाख रुपैयासम्म पाउने छन् भने अवकास नरोज्ने शिक्षकले भने आयोग पास गर्नुपर्ने छ ।

    आयोग पास गरेका शिक्षकलाई उनिहरुले काम गरेको समयअवधिलाई अधिक्तम ७ बर्ष मानिने व्यवस्था गरिको मन्त्रालयले जनाएको छ । राहत शिक्षकले कानुनी रूपमा बिरामी बिदा पाएका छैनन्। अध्ययन बिदा र घर बिदा पनि पाउँदैनन्। शिक्षकलाई सेवा अवधि गणनासहित विशेष प्रक्रियाद्वारा स्थायी गर्न संघीय ऐनमा प्रबन्ध गर्नुपर्ने र कार्यरत राहत शिक्षकलाई स्थायी परीक्षामा समेत सामेल हुँदा उमेर हद नलाग्न शिक्षक सेवा आयोगको नियमावली संशोधन गर्नुपर्ने सहमति भएको थियो।


    अर्थ चाैतारी
  • आइतबार, १८ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved