images

नेपाली सेनाले माग्यो २२९ अधिकृत क्याडेट (सूचनासहित)

  • पुष १८ २०७८, आईतवार

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा भर्ना खुलाएको छ।

सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आइतबार सूचना जारी गरी २२९ जना अधिकृत क्याडेट माग गरेको हो। सूचनाअनुसार खुलातर्फ १२० र समावेशीतर्फ १०९ जना अधिृकत क्याडेटका लागि दरखास्त आह्वान गरिएको छ।

आवेदन आगामी माघ १७ गतेभित्र दिइसक्नुपर्ने तथा त्यसपछि दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि दिन सकिने सेनाले जनाएको छ।