logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • माओवादी केन्द्रको आठौं महाधिवेशन

    सुरु भयो आजको बन्दसत्र, स्थायी कमिटीले तयार पारेकाे केन्द्रीय सदस्यहरूकाे नाम बाचन गरेर अधिवेशन सक्ने तयारी

    सुरु भयो आजको बन्दसत्र, स्थायी कमिटीले तयार पारेकाे केन्द्रीय सदस्यहरूकाे नाम बाचन गरेर अधिवेशन सक्ने तयारी

    8.6K
    SHARES
    सुरु भयो आजको बन्दसत्र, स्थायी कमिटीले तयार पारेकाे केन्द्रीय सदस्यहरूकाे नाम बाचन गरेर अधिवेशन सक्ने तयारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा केहीबेर ढिलो गरी बन्दसत्र सुरु भएको हो ।

    बन्दसत्र सुरु भएलगत्तै अध्यक्ष प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् । बन्दसत्रअघि स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्ने विषयमा छलफल गरेको छ ।

    आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तयारी छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नामको सूची बोकेर भर्खरै बन्दसत्र हलमा प्रवेश गरेका छन् । अध्यक्षमण्डलले तयार पारेको नामहरू लिएर प्रचण्ड हलमा छिरेका हुन् ।

    माओवादीले केन्द्रीय सदस्यहरू चयनपछि त्यही भित्रबाट पदाधिकारी छनोट गर्नेछ । नेतृत्वको सूचीउपर कसैलाई चित्त नबुझे चुनाव लड्ने अधिकार सुरक्षित गरिएको माओवादीले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १८ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट