logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • नेप्से ६०.४१ अंकले उकालो, सवा ४ अर्बको कारोबार

    नेप्से ६०.४१ अंकले उकालो, सवा ४ अर्बको कारोबार

    2.1K
    SHARES
    नेप्से ६०.४१ अंकले उकालो, सवा ४ अर्बको कारोबार

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। योसँगै बजारमा नयाँ वर्ष २०२२ लाई हरिया कार्पेट बिच्छ्याएर गतिलो स्वागत गरेको छ।

    बजार आज ६०.४१ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २ हजार ५ सउ ८४.९१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.७७ अंकले बढेर ४८२.०१ को विन्दुमा पुगेको छ। आज सवा ४ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ।

    यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ५.०८ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा ३.५४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.९९ प्रतिशत, विकास बैंक समूहमा ३.४२ प्रतिशत, वित्त समूहमा ०.६२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४ प्रतिशत, जलविद्युत समूहमा १.७ प्रतिशत, लगानी समूहमा २.१७ प्रतिशत, जीवन बीमा समूहमा २.४२ प्रतिशत, लघुवित्त समूहमा २.८८ प्रतिशत, अन्य समूहमा २.३ प्रतिशत र व्यापार समूहमा ०.७४ प्रतिशतले बढोत्तरी भएको छ। यो दिन म्युचुअल फन्ड समूह ०.३९ प्रतिशतले ओरालो लागेको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २४० कम्पनीका ७१ लाख ६० हजार ९८३ कित्ता सेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँमा किनबेच भएका छन्। आज हिमालयन डिस्टिलरीको सर्वाधिक ४४ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २९ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन शिवम सिमेन्टको २३ करोड ४९ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको १८ करोड ९२ लाख रुपैयाँ, अपी पावरको १७ करोड ३७ लाख रुपैयाँ, नेपाल टेलिकमको १० करोड ३८ लाख रुपैयाँ, ङादी ग्रुपको ७ करोड ६७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ४७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ६ करोड ८१ लाख रुपैयाँ र सीआईटीको ६ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज हिमालयन डिस्टिलरी र मध्य भोटेकोशीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। सूर्या लाइफ इन्स्योरेन्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। यो दिन गोर्खाज फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १८ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved