logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • माओवादीको अनुशासन समितिमा टंक राई, लेखामा पेशल खतिवडा

    माओवादीको अनुशासन समितिमा टंक राई, लेखामा पेशल खतिवडा

    2.6K
    SHARES
    माओवादीको अनुशासन समितिमा टंक राई, लेखामा पेशल खतिवडा

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आइतवार नयाँ नेतृत्वको घोषणा सुरु भएको छ।



    प्रज्ञा भवनमा बसेको स्थायी कमिटी बैठकपछि बन्दसत्र हलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नेतृत्व घोषणा गर्न थालेका हुन्। बन्दसत्र हलमा गरिएको घोषणा अनुसार पार्टीको अनुशासन समितिमा टंक राई र लेखा समितिमा पेशल खतिवडा निर्वाचित भएका छन्। उनीहरुको नाम स्थायी समिति बैठकपछि नेतृत्वले सहमतिमै घोषणा गरेको हो।

    नेता राईले यो महाधिवेशनमा प्रचण्डलाई सुझाव दिने क्रममा माओवादी दस्तावेजमा पूर्वीय र बुद्ध दर्शनलाई समावेश गर्नुपर्ने बताएका थिए। त्यस्तै उनले माओवादी कार्यकर्तालाई कसैलाई श्रद्धाञ्जली दिँदा रिप लेख्न नहुने पनि बताएका थिए। माओवादीको निर्वाचन समितिमा विष्णुपुकार श्रेष्ठलाई यथावत राखिएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १८ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved