logo

२०८२ बैशाख २८ आइतबार

logo
  • आइतबार, २८ बैशाख २०८२
  • सिके राउतले कारबाहीको धम्की दिएका सिरहाका एसपीलाई हेडक्वार्टर तानियो

    सिके राउतले कारबाहीको धम्की दिएका सिरहाका एसपीलाई हेडक्वार्टर तानियो

    9.9K
    SHARES
    सिके राउतले कारबाहीको धम्की दिएका सिरहाका एसपीलाई हेडक्वार्टर तानियो

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ।



    एसपी पाण्डेलाई प्रहरी हेडक्वार्टर तानेर उनको ठाउँमा एसपी अर्जुन तिम्सिनालाई पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। सामान्यतया इन्चार्जको जिम्मेवारी पाएको एक वर्ष नपुग्दासम्म सरुवा नगर्ने नीति भए पनि एसपी पाण्डेलाई ७ महिनामै जिम्मेवारीबाट हटाइएको हो।

    सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता आन्दोलन र तोडफोडमा उत्रिएपछि एसपी पाण्डेले पक्राउ गरी कारबाही अघि बढाएका थिए। सो विषयलाई लिएर सिके राउतले एसपी पाण्डेलाई चोकमा ल्याएर कारबाही गर्ने धम्की दिएका थिए। राउतले यस्तो धम्की दिएको एक साता नबित्दै एसपी पाण्डे प्रहरी हेडक्वाटरले जिम्मेवारीबाट हटाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १९ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved