काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औं वार्षिक साधारणसभा आज विराटनगरमा सम्पन्न गरेको छ । साभारणसभाको अध्यक्षता तथा कम्पनीका संचालक केशवप्रसाद भट्टराईले गरेका थिए । सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूजी बृद्धि भई रु. २ अर्ब ५५ करोड २ लाख ८२ हजार एक सय कायम हुनेछ ।
सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथ संचालक समितिमा संस्थापक शेयरधनी समुह “क” बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक सर्वसाधारण शेयरधनी समूह “ख” बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचनसमेत सम्पन्न गरेको छ । संस्थापक शेयरधनी समुह “क” बाट केशवप्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका हुन् । सर्वसाधारण शेयरधनी समूह “ख” बाट कृति टिवडेवाल तथा विरेन्द्रबाबु श्रेष्ठ निर्वाचित भएका हुन् । उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीले चालु आ।व। २०७८/७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना १३५ शाखा सञ्जालमा रहेका ४९ हजार ७१७ अभिकर्ताहरु मार्फत १ लाख २२ हजार ९७० बीमालेखबाट रु. २ अर्ब १ करोड ८५ लाख ७१ हजार ३१८ बीमाशुल्क आर्जन गर्नुका साथै कुल दावी भुक्तानी रु।२९ करोड १८ लाख ६७ हजार ३१० गरेको जनाएको छ ।