काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहमा १ हजार ५ सय ४७, निमावि तहमा दुई हजार ५९८ प्रा वि तहमा १३ हजार ९३ जना स्थायी शिक्षक माग गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा शिक्षक भर्ना गर्न विज्ञापन आह्वान गरेको हो ।
यसअघि शिक्षक सेवा आयोगको फाराम लाइन लागेर भर्नुपथ्र्यो । यसपटक परीक्षार्थीलाई त्यो झण्झटबाट मुक्त गराउन आयोगले अनलाइन आवेदन दिने प्रबन्ध गरेको छ । त्यसका लागि सबैभन्दा पहिले https://online.tsc.gov.np/ लगइन गर्नुपर्ने हुन्छ । यो आयोगको आधिकारिक दरखास्त पोर्टल हो ।
रकम तिर्न पनि पहिलेजस्तो बैंक धाइरहनु पर्दैन, अनलाइन पेमेन्ट गर्न सकिन्छ ।
तपाईंले यो दरखास्त पोर्टल खोलिसक्नु भयो नि होइन ?
यदि हो भने, आउनुहोस्, अब फाराम भर्ने तरिका सिकौं।
तपाईंले यो साइट खोल्नबित्तिकै एकाउन्टरलगइन रजिष्टर लेखिएको अप्सन देख्न सक्नुहुन्छ । यसमा तपाईंले क्लिक गरेर दर्ता गर्न सक्नुहुन्छ । जसका लागि इमेल आइडी आवश्यक हुन्छ।
आवेदन फाराम भर्ने यो पहिलो स्टेप हो ।
आउनुहोस् यसबारे विस्तृतमा सिक्न टीएससी म्यानुअल स्क्रिप्ट हेरौं जसले तपाईंलाई आवेदन भर्न सिकाउनेछ।