logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • लक्ष्मी बैंकको १०औं एक्सटेन्सन काउण्टर नयाँ बानेश्वरमा

    लक्ष्मी बैंकको १०औं एक्सटेन्सन काउण्टर नयाँ बानेश्वरमा

    3.1K
    SHARES
    लक्ष्मी बैंकको १०औं एक्सटेन्सन काउण्टर नयाँ बानेश्वरमा

    काठमाडौं । लक्ष्मी बैंकले काठमाडौं नयाँ बानेश्वरमा १०औं एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ । नागरिक लगानी कोषको कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको बैंकले जानकारी दिएको छ । एक्सटेन्सन काउण्टर विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यमबाट बैंकिङ सेवा लिन सहयोग पुग्ने बैंकले दाबी गरेको छ ।

    लक्ष्मी बैंकले हालसम्म देशका ५० जिल्लामा १३८ शाखा, १० एक्सटेन्सन काउण्टर, पाँच हस्पिटल सेवा काउन्टर, १७१ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ्ग एजेन्ट विस्तार गरेको छ

    सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको सो बैंकले दाबी गरेको छ ।


    अर्थ चाैतारी
  • २०७८ पुस २०, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट