logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • पछिल्लो २४ घण्टामा ३९३ जनामा संक्रमण पुष्टि, २६३ जना निको भए

    पछिल्लो २४ घण्टामा ३९३ जनामा संक्रमण पुष्टि, २६३ जना निको भए

    10K
    SHARES
    पछिल्लो २४ घण्टामा ३९३ जनामा संक्रमण पुष्टि, २६३ जना निको भए

    काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको स्याम्पल परीक्षण गर्दा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने २६३ जना निको भएका छन् । यस्तै बितेको २४ घण्टामा ३ जना कोरोना संक्रमितको ज्यान समेत गएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ८ लाख २९ हजार ६३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये कुल ८ लाख १२ हजार ९३७ जना संक्रमण मुक्त हुँदा ११ हजार ६०१ जनाको मृत्यु भएको छ । देशमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ भने क्वारेन्टाइनमा ९८ जना रहेका छन् । यस्तै देशभर सक्रिय संक्रमित ५ हजार ९४ जना रहेका छन् ।

    बितेको २४ घण्टामा ३ लाख बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । मंगलबार जनाएअनुसार ३ लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । खोप अभियान सुरु भएदेखि अहिलेसम्म २ करोड ५२ लाख ७५ हजार २५४ जनालाई खोप लगाइएको छ भने त्यसमध्ये १ करोड ७ लाख १० हजार ७२१ जनाले पूर्ण डोज खोप लगाएका छन् ।

     


    अर्थ चाैतारी
  • २०७८ पुस २०, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट