logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • ललिता निवास प्रकरणका प्रमुख ढकाल राजस्व छलीमा संलग्न, एक अर्ब २० करोड मागदाबी

    ललिता निवास प्रकरणका प्रमुख ढकाल राजस्व छलीमा संलग्न, एक अर्ब २० करोड मागदाबी

    10.3K
    SHARES
    ललिता निवास प्रकरणका प्रमुख ढकाल राजस्व छलीमा संलग्न, एक अर्ब २० करोड मागदाबी

    काठमाडौं । बालुवाटारस्थित ललिता निवास किनबेच प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल राजस्व छली प्रकरणमा पनि फसेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले ढकालको कम्पनी आनसान इन्टरनेशनल र सो को लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीविरुद्ध उच्च अदालत पाटनमा आज ९मंगलबार० मुद्दा दायर गरेको हो ।

    ढकाल सञ्चालक रहेको फर्म आनसानले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झूटा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण तथा आय विवरण तयार गरी कारोबार शून्य भएको देखाइ कर नतिरी राजस्व चुहावट गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    फर्म, ढकाल र उनको एकाघरका पारिवारिक सदस्यविरुद्ध विभागले एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ बिगो, बिगोको शतप्रतिशत जरिवाना तथा तीन वर्ष कैद सजाय माग गरेको छ । यस्तै, लेखा परीक्षण फर्म राजेश्वर एण्ड कम्पनीलाई मतियार ठहर गरी आधा सजाय मागदाबी गरिएको छ ।


    अर्थ चाैतारी
  • २०७८ पुस २०, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट