logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • मन्त्रिपरिषद् बैठकबाट उखुको मूल्य निर्धारण: प्रतिक्विन्टल ५९० रुपैयाँ

    मन्त्रिपरिषद् बैठकबाट उखुको मूल्य निर्धारण: प्रतिक्विन्टल ५९० रुपैयाँ

    6.4K
    SHARES
    मन्त्रिपरिषद् बैठकबाट उखुको मूल्य निर्धारण: प्रतिक्विन्टल ५९० रुपैयाँ

    काठमाडौं । सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ गरेको छ । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो । किसानले ६५० रुपैयाँ प्रति मेट्रिकटन माग गरेको थियो भने उद्योगीहरुले ५८० रुपियाँ मेट्रिकटन हुनुपर्ने माग गरेको थियो ।

    उखुको मूल्य निर्धारण नहुँदै उखु किसानले चिनी मिलमा आफ्नो उखु दिन सुरु गरेका थिए । मूल्य निर्धारणमा ढिलो भयो भन्दै किसानहरुले आन्दोलन पनि सुरु गरेको छ ।


    artha chautari
  • बुधबार, २१ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट