logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • प्रदेश २ की राज्यमन्त्री रुवि कर्ण सवार गाडी दुर्घटना

    प्रदेश २ की राज्यमन्त्री रुवि कर्ण सवार गाडी दुर्घटना

    8.6K
    SHARES
    प्रदेश २ की राज्यमन्त्री रुवि कर्ण सवार गाडी दुर्घटना

    धनुषा । प्रदेश २ की राज्यमन्त्री रुवि कर्ण सवार गाडी सप्तरीमा दुर्घटना भएको छ । आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री कर्ण सवार ज १ झ ४०६ नम्बरको स्कारपिओ दुर्घटना भएको सप्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

    बुधबार दिउँसो साढे ४ बजे तर्फ राजविराज सडक खण्डस्थित विष्णुपुर गाउँपालिका वडा नम्बर ६ अवस्थित विष्णुपुर चोकमा स्कारपिओ अनियन्त्रित भई पल्टिएको प्रवक्ता काफ्लेले बताए । प्रवक्ता काफ्लेले स्कारपिओमा राज्यमन्त्री सहित ६ जना सवार थिए । गाडी पल्टिँदा राज्यमन्त्री कर्णको बायाँ हातमा चोट लागेको छ भने सवार रहेका अन्यलाई भने सामान्य चोटपटक लागेको सप्तरी प्रहरीले जनाएको छ ।

    केही महिना अघि पनि राज्यमन्त्री कर्ण सवार गाडी ढल्केबरमा रातिको समयमा अनियन्त्रित भई दुर्घटना भएको थियो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा ७ वटा गाडी छ । तर ती गाडी मध्ये प्रायः गाडी खरिद गरेको चार वर्ष नबित्दै बिग्रेको छ भने नयाँ सवारी खरिदका लागि प्रक्रियामै रहेको मन्त्रालयले जनाएको छ ।


    artha chautari
  • बुधबार, २१ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट