logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • अर्को विज्ञापनबारे बाहिरियो भित्री तयारी, लाइसेन्सको परिक्षा पछि पुनः विज्ञापन खुल्ने

    अर्को विज्ञापनबारे बाहिरियो भित्री तयारी, लाइसेन्सको परिक्षा पछि पुनः विज्ञापन खुल्ने

    113K
    SHARES
    अर्को विज्ञापनबारे बाहिरियो भित्री तयारी, लाइसेन्सको परिक्षा पछि पुनः विज्ञापन खुल्ने

    काठमाडौँ । शिक्षक सेवा आयोगले आफ्नो कार्यतालिकामा सुरुमै गर्ने भनेर राखेको बढुवाको विज्ञापन माघको दोस्रो हप्ताभित्र गर्ने तयारी गरेको छ। यस अघि तिनै तहको खुला विज्ञापन गरिसकेको आयोगले नियमावलीलाई कारण देखाउँदै बढुवाको काम गर्न नसकेको जनाएको थियो।



    अब भने शिक्षक सेवा आयोगको नियमावली ११ औँ संशोधन भएर राजपत्रमा सूचना प्रकाशित भइसकेकाले आयोगलाई बढुवाको विज्ञापन गर्न बाटो खुलेको छ। पहिलो पटक म्यानुअल नभई अनलाइनबाटै फाराम भर्ने व्यवस्था गरिएको र दरखास्त दिनेको निकै ठुलो चाप भएका कारण बढुवाको विज्ञापन आजभोलि नै गर्न नसकिने निष्कर्षमा आयोग पुगेको छ। यद्यपि सर्भर निर्माता कम्पनी सँग छलफल मै रहेको र समस्या नआउने सुनिश्चितता भए तत्कालै खोल्न पनि आयोग तयार रहेको आयोग स्रोत बताउँछ।

    त्यसो नभएको अवस्थामा माविको दरखास्त दिने अन्तिम म्याद सकिए पछि मात्र बढुवाको विज्ञापन गर्ने आयोगको तयारी छ। माध्यमिक तहको खुला विज्ञापनको फाराम भर्ने अन्तिम म्याद नियमित शुल्कमा पुस २९ गतेसम्म र बिलम्ब शुल्क तिरेर माग ६ गतेसम्म रहेको छ ।

    अहिले सम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रैले २०७८ चैत्र मसान्तसम्मको तिनै तहको थप हुने रिक्त दरबन्दीको विवरण आयोगलाई दिए अनुसार मावि तह प्रथम श्रेणीमा १२६ जना, द्वितीय श्रेणीमा ५४४ जना, निम्न माध्यमिक प्रथममा ८९ जना, द्वितीयमा ४७४ जना र प्राथमिक तहको प्रथममा ४६४ जना, द्वितीय श्रेणीमा १६९६ गरी जम्मा ३,३९० जनाको विज्ञापनका लागि विवरण पठाएको छ । तर यो नै अन्तिम नभई केन्द्रले विज्ञापन हुने समयसम्म पनि यो सङ्ख्यालाई फेरबदल गर्न सक्छ । सथै आयोगले शिक्षक सेवा लाइसेन्सको परिक्षा सकिना साथ नयाँ विज्ञापन गर्ने तयारी गरेको छ ।


    अर्थ चाैतारी
  • बिहिबार, २२ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved