logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • पश्चिमी वायुको प्रभावः आज देशभर वर्षासँगै हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावः आज देशभर वर्षासँगै हिमपातको सम्भावना

    7.4K
    SHARES
    पश्चिमी वायुको प्रभावः आज देशभर वर्षासँगै हिमपातको सम्भावना

    काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



    उक्त प्रणालीका कारण हाल देशका अधिकांश भ–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशमा सामान्य देखि पूर्णताया बदली रही बाकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सुरकुहिरो लागेको महाशाखाको भनाइ छ।

    महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको समेतसम्भावना रहेको छ।

    आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी तथा तराइका थोरै भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ। देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।


    अर्थ चाैतारी
  • बिहिबार, २२ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved