काठमाडौं । अत्यन्त रोचक र अचम्म लाग्दो संयोगले भरिएको यस विश्वमा कयौ पटक यस्तो विषय पढ्न, हेर्न र सुन्न पाइन्छ, जसलाई एकिन गर्न अत्यन्त मुश्किल पर्छ । यस्तै, एक अचम्म लाग्दो घटना क्यालिफोर्नियामा जुम्ल्याहाहा बच्चाको सन्दर्भमा भएको छ । यिनीहरूको जन्मदिन फरक–फरक वर्षमा मनाइन्छ ।
यस्तो बहुत कम घटना हुन्छ जब दुुई जुम्ल्याहा बच्चाको जन्म यस किसिमबाट हुन्छ । एक बच्चाको जन्म ११.४५ बजे भयो अर्को बच्चाको जन्म ठीक १२ बजे भयो । उनीहरुबीचको यो जन्मको विषय र बच्चाको फोटो सोशल मिडियामा व्यापक भाइरल भइरहेको छ ।
३१ डिसेम्बरको रात फातिमाले दिइन् दुई बच्चालाई जन्म
सन् २०२१ को अन्तिम दिन फातिमा म्याड्रिगललाई साँझ प्रसुती व्यथा सुरु भयो । यसपछि उनलाई अस्पतालमा भर्ना गरियो । राती ११ः४५ बजे उनले छोरा जन्माइन् । त्यसको करिब १५ मिनेटपछि छोरीको जन्म भयो । यसैकारण एक बच्चाको जन्म सन् २०२१ मा भयो भने अर्को बच्चाको जन्म सन् २०२२ मा भयो ।
At midnight, Natividad welcomed Aylin Yolanda Trujillo as the area's first baby of 2022! Her twin, Alfredo Antonio Trujillo, was born 15 minutes earlier at 11:45 pm Friday, Dec. 31, meaning their birthday falls on a different day, month and year— a 1 in 2 million chance! pic.twitter.com/Lm5hkOpNBo
— Natividad (@NMCInspires) January 2, 2022