images

साताको अन्तिम कारोबार दिन सेयर बजार ४३.२९ अंकले उकालो, साढे ३ अर्बको कारोबार

  • January 6, 2022

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ४३.२९ अंकले उकालो अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २ हजार ६ सय ९२.४७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक ९.१६ अंकले बढेर ५०६.१६ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर साढे ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३.४८ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह २.४८ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.९५ प्रतिशत, विकास बैंक समूहमा १.९३ प्रतिशत, वित्त समूहमा १.२४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०५ प्रतिशत, अन्य समूहमा १.०३ प्रतिशत, लघुवित्त समूहमा १.०३ प्रतिशत, जीवन बीमा समूहमा ०.७८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६४ प्रतिशत र लगानी समूहमा १.९६ प्रतिशतको बढोत्तरी भएको छ। आज व्यापार समूह ०.६८ प्रतिशतले ओरालो लाग्दा उत्पादन तथा प्रशोधन समूहमा ०.०८ प्रतिशतको गिरावट आएको छ।

images

धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृत २३८ कम्पनीका ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँमा किनबेच भएका छन्।

आज अपी पावरको सर्वाधिक १६ करोड ३७ लाख रुपैयाँको बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको १४ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेसनल माइक्रोफाइनान्सको १० करोड रुपैयाँ, गरिमा विकास बैंकको ९ करोड ३३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड ७७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ७२ लाख रुपैयाँ, नागरिक लगानी कोषको ८ करोड ५५ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ५३ लाख रुपैयाँ, नेपाल बैंकको ८ करोड ३७ लाख रुपैयाँ र नबिल बैंकको ७ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
आज तीन कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नेपाल फाइनान्स र तेह्रथुम पावरको सेयरमूल्यमा १० प्रतिशत तथा मध्य भोटेकोशी जलविद्युतको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन विशाल बजार कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ।