logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी

    मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी

    7.5K
    SHARES
    मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको कार्डका लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ।

    यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा विना कुनै मौज्दात, विना कुनै शुल्क सहजरुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्ने छन्। मोको डिजिटल वालेटमार्फत् प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहजरुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्ने छन्।

    यस सुविधामार्फत् ग्राहकहरुले हरेक कारोबारका लागि पटक-पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताइन्। सीईओ खुञ्जेलीका अनुसार अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेटका नवीनतम सेवाहरुको फाइदा उठाउन सक्ने छन्। मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा उनले खुसी व्यक्त गरिन्।


    अर्थ चाैतारी
  • २०७८ पुस २२, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट