logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • माघको पहिलो साता आन्तरीक बढुवाको विज्ञापन हुने, शिक्षकको पहिलो पटक तहगत बढुवा

    माघको पहिलो साता आन्तरीक बढुवाको विज्ञापन हुने, शिक्षकको पहिलो पटक तहगत बढुवा

    85.8K
    SHARES
    माघको पहिलो साता आन्तरीक बढुवाको विज्ञापन हुने, शिक्षकको पहिलो पटक तहगत बढुवा

     

    काठमाडौं । शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषद्ले पास गरेको पछि शिक्षकहरुको आन्तरिक बढुवाको काम शुरु भएको छ । अब आन्तरीक बढुवामा भने ग्रेडको साटो तहगत बढुवा गरीने आयाेगले जनाएको छ ।

    आयोगले माघको पहिलो साता आन्तरीक बढुवाका लागि विज्ञापन खुलाउने तयारी गरेको शिक्षक सेवा आयोगका सुचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार शिक्षक सेवा आयोगको माध्यामीक तहको विज्ञापनको म्याद सकिकै भोलीपल्ट देखि आन्तरीक बढुवाका लागि विज्ञापन प्रकाशनको तयारीमा आयोग रहेको बताएका छन् । यस भन्दा पहिला शिक्षकहरुको बढुवा ग्रेडका आधारमा हुने गरेकोमा आयोगले पहिलो पटक शिक्षकहरुको तहगत बढुवा गरीन लागको बताएका छन् । अब शिक्षकहरु आन्तरीक बढुवामा मापदण्डका आधारमा तहगत बढुवा हुनेछन् ।

    उनले राहत तथा निजि स्रोतका शिक्षकहरुको उचित व्यवस्थापनका लागि आयोग शिक्षा मन्त्रालय संग छलफलमा रहेको र छिट्टै एक पटक प्रर्तिस्प्रधा मार्फत स्थायी वा स्व–इच्छीक अवकाश रोज्न पाउने गरी काम हुन लागेको बताए। शिक्षा मन्त्रालयले स्व–इच्छीक अवकासमा जानेका लागि निश्चित रकम भरपाईको स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको हुँदा कुनै ठोस निर्णय नभएको स्रोतले जनाएको छ ।


    अर्थ चाैतारी
  • २०७८ पुस २३, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट