कालिकोटको तिलागुफा नगरपालिका ५ (साविकको जुमिथा गा.वि.स.) मा जन्मीएर कलाकारीताका क्षेत्रबाट एउटा छुट्टै पहिचान बनाउन सफल नाम हो खगेन्द्र न्यौपाने । उनले हातसम्म करिबकरिब डेढसय म्यूजिक भिडियो छायांकन तथा निर्देशन गरी सकेका छन् । कुनै समय अभाव टार्न गीतसंगीतमा होमिएका उनी हाल कर्णालीका तारा बनेका छन् । गायक, सर्जक, संगीतकर्मी, निर्देशक, निर्माता लगायत थुप्रै पहिचान बनाइसकेका छन् । उनले आफ्नै लगानीमा खस भाषाको पहिलो चलचित्र पानकलीको सफल निर्देशन समेत गरी सकेका छन् ।
उनि हाल कर्णाली प्रदेशको कालिकोट जिल्लामा रहेर स्थानिय भाषामा संस्कृति तथा कलाहरूको विस्तारमा लागिपरेका छन् । कलाकारिताका समयमा आफ्नो आर्थिक गर्जो टार्न विभिन्न रोधीघर, गितसंगीतको छायांकनमा साउण्ड म्यान, लाइट म्यान हुँदै सह-निर्देशकको भुमिका निभाउँदै उनले आफ्नै निर्देशनमा चलचित्र समेत निर्देशन गरिसकेका छन् । हाल कर्णालीका विभिन्न क्षेत्रमा रहेर स्थानिय क्षेत्रको प्रचार प्रसार संगै उनि थुप्रै कलाकार जन्माउन सक्षम भएका छन् । आउनुहोस् उनै न्यौपाने संग अर्थ चौतारीले गरेको भलाकुसारीको संक्षिप्त भाग ।
तपाई केहि बन्छु भनेर कर्णालीबाट अध्यानका लागि काठमाडौं आएको व्यक्ति कसरी कलाकारीतामा लाग्नु भयो ?
आज भन्दा करिब १५ बर्ष अगाडी म अध्यान कै लागि भनेर काठमाडौं आँए । करिब २ बर्षको सुर्खेत बसाई पछि स्नातक अध्यानका निमित्त काठमाडौं आए । अध्यानकै क्रममा मेरो आर्थिक अवस्था झन झन नाजुक हुँदै गयो । दाजुको सामान्य कमाईमा मेरो अध्यान सहझ भएन । त्यसैमाथि दाजुले बुवा आमा लगाएत परिवारको हेरचहा गर्नु पर्ने, मलाई त्यतिकै बस्न मन मानेन् तर मैले जानेको काम कुनै थिएन् । एक दिन बाटोमा म गनुगुनाउँदै बाटोमा हिडिँ रहेको थिए । मेरो एक जना नजिकको आफन्तबाट संगित क्षेत्रमा लाग्ने सुझाव आयो । मैले यो काठमाडौंमा तिम्रा हात छोडेभने यहिँ हराँछु, कसरी म गित गाउन सक्छु भने । यो करिब २०६४ तिरको कुराहो । उसले मलाई भन्यो, “काका भतिजो छ नि, मेरो कमाई जति छ त्यसैबाट म सहयोग गर्छुनी ।” उसलाई म गाउँमा सामान्य रुपमा गाउने गरेको जानकारी थियो । उसैको सहयोगमा म कलाकारीता क्षेत्रका व्यक्तिहरुसंग सामान्य चिनजान भयो । सो समयमा मलाई गाउन भन्दा पनि बढी नाच्नमा थियो । म सुुर्खेत बस्दा सुर्खेत स्थित बागिना समुहमा रहेर नाच सिक्ने अवसर पाएको थिएँ । उनको कुराले मन छोयो तत पश्चात म यस क्षेत्रमा होमिएँ ।
भन्नु भयो अध्यानका लागि आएको एक कर्णालीको यूवा जसलाई गित रेर्कड गर्न कहाँ जाने भन्ने थाहा नै छनै । कसरी पहिलो गित रेर्कड गराउनुभयो त?
म विभिन्न क्षेत्रको हार गुहार पछि पहिलो पटक गित रेर्कड गराउन सफल भएँ । गित रेर्कड गराउन मैले त्यतिबेला करीब २५ हजार रुपैयाँ तिरेको थिए तर विडम्बना पछि मात्रै थाहाँ पाएँ कि सो समयमा गित रेर्कड गराउन स्टुडियो र्चाज बापथ करिब १० हजार रुपैँया मात्रै लाग्ने रहेछ । पहिलो गितको रेर्कड पछि संगित क्षेत्रका धेरै संग चिनजान भयो । पछि मैले करिब ५/६ एल्बम सम्म रेकर्ड गरे । मेरो गायनको यात्रा सुरुवात भयो । गायनकै क्रममा मलाई आर्थिक अभाव हुन थाल्यो । बुवाको बृद्ध भत्ता मलाई काठमाडौंमा पठाएर सम्भव भएन । पछि म सुटिङ्गमा साउण्ड म्यानको काम गर्न थाले यसले दैनिक डेढ सय रुपैया ज्याला कमाँए । त्यो दिन एकदमै खुसी लाग्यो । पछि करिब २ बर्ष सम्ममा लाइट म्यान, हुँदै सह-निर्देशन सम्मको अवसर पाएँ । म सह-निर्देशक हुँदासम्म मैले करिब सात एल्बम बजारमा ल्याएको थिए । सबैको चिनजानबाट सहज रुपमा गाउने अवसर पाएको थिएँ ।
गित गाएर कति कमाउनु भयो ?, अनि कसरी दोहोरी साँझमा जोडिनु भयो ?
मेरा ६/७ वटा एल्बम बजारमा आएपनि मेरो स्थिती कुनै परिर्वतन भएको थिएन । गितको प्रचार प्रसार गर्न मैले समय नै पाएको थिएन । प्रचार बिना कमाउने त कुरौ भएन । मैले गाएका गित साविकको मध्य तथा सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा गाइने देउडा गित रहेका थिए । जनु गित त के भाषा मैले शहर बजार क्षेत्रमा बोल्दा नै अपमानित हुने डर थियो । सायद यहि भएर मैले गितमा कुनै चाँसो दिइन् । विभिन्न व्यक्तिहरुले मलाई दोहोरीमा काम लगाइदिने बहानामा दोहोरी साँझमा जाने र आफ्नो खाएको तिर्न सम्म लगाए । यसरी करीब लाखौं खाए । अन्तत म जस्ता केहि दोहोरी साँझमा काम गर्न चाहाने साथिहरुको जमघट यो । हामी सबै एकै समुह बनाएर दोहारी साँझमा काम खोज्दै हिन्यौँ । एक दोहोरी साँझमा सबैले काम पायौँ । दोहरी साँझमा काम गर्न क्रममा मैले देउडा भन्दा बाहिर गएर लोक गित÷संगितका बारेमा केहि सिक्ने अवसर पाँए । दोहोरी मालिकले कहिले समयमा तलब दिनए । दिए पनि खाएर सकिन्थ्यो । म भक्तपुर बस्थे । कयाैँ दिन त म रत्नपार्कबाट भक्तपुर जाने भाडा नपाएर साँझमा ११-१२ बजे सम्म मानिसको चहल पहल हुन्जेल बाटोमा डुल्थे । सबै चलह पहल सकिएपछि कुनै घर वा पोलको कुनामा घुडाँ टाउको च्यापेर सुत्थे । विहान सबेरै उठेर फेरी अर्को तिर जान्थे । मैले करीब एक बर्ष यसरी नै विताँए । मेरो पढाई पनि अधुरै रहयो । दोहोरीको कमाइ भनेको नै, आएका ग्रहाकहरुले टिप्स मार्फत स्टेजमा फालेको रुपैँया नै कमाई हुन पुग्यो ।
गित गाउन होमीएको तपाई, फेरी कसरी म्यूजिक भिडियो हुँदै चलचित्रको निर्देशक मात्रै हैन निर्माता सम्म बन्नु भयो ?
करीव यसै क्षेत्रमा ६ बर्ष विताए पछि म दशैमा घर जाने क्रममा मेरो गित लगेर जान्थे । त्यहाँका स्थानिय रेडियोमा बजाउन दिन्थे । त्यसै क्रममा म एक जना मित्र पुष्पराज जि संग भेट भयो उनले अभिनय गर्ने र लगानि गर्ने कुराकानी गरे । त्यतिन्जेल मैले मेरा गितको म्यूजिक भिडियो बनाएको थिइन । उनकै यस्तो प्रस्ताव पछि मेरो गितमा कालिकोटमै छायाँकन गर्न सहमति भयो । अनि मेरो निर्देशनको सुरुवात भयो । मेरो पहिलो छायाँकन गितमा मोडलको रुपमा काम गरेकी एक महिलाको परिवार बाट अत्याधिक दवाव आएपछि मैले उनको परिवारको हितका लागि सो गितको भिडियो हटाँए । उनि एक विवाहीत महिला रहिछन् । उनका श्रिमान वैदेशिक रोजगारमा रहेछन् । उनले हाम्रो भिडियो प्रर्दशनिमा आएपछि समाजमा नकरात्मक टिकाटिप्पणी आए । उनका श्रिमानको अत्याधिक दवाव पछि म भिडियो हटाउन बाध्य भएँ ।
मेरो निर्देशन यात्रा उनको यो घटनाले मेरो मनमा गहिरो चोट पु¥यायो । यस संगै हाम्रो समुदायमा भएका छुवाछुत, बालविवहा, जातजातीको घटनाले मेरो मनमा एक नयाँ विचर सिर्जना ग¥यो । जसका कारण मेरो आफैले लेखन, निर्देशन, निमार्ण मा खस भाषाको पहिलो चलचित्र पानकली निमार्ण भयो । यो नेपाल चलचित्र विकास बोर्डले मान्यता नदिए पनि हाम्रो लगानि करिब ३० लाख उठायो । यस पछि म हाल सम्म पनि कर्णालीमै रहेर निर्देशन, निमार्ण तथा छायाँकन कार्यमा लागि रहेको छु । हाल म संग भएको टिम तथा कर्णालीमा सम्भव भए सम्मको प्रविधिको प्रयोग गरीरहेको छु । हाल सम्म मैले करीब डेढ सय म्यूजिक भिडियो, करिब एक दर्जन डकुमेन्ट्री, लागाएत थुप्रै लघु कथामा निर्देशन र निमार्ण गरिसकेको छु ।
चलचित्र निमार्ण त ठप्पै गर्नु भएछ किन नि ?
ठप्पै त हैन करिब म ८ बर्ष देखि कर्णालीमै छु । चलचित्र निर्णका लागि लगानिको आवश्यकता पर्दछ । आवश्यक लागानि विना काम गर्ने सकिदैन । म एक्लै लगानि गर्न सक्ने अवस्थामा छैन् । यसै विचमा केहि पारिवारीक जिम्मेवारी पनि आयो त्यसैले चलचित्रलाई निरन्त्रता दिन सकिएन । आशा छ अब छिट्टै यो नयाँ चलचित्र बन्ने छ । हाल हामी संग एक दर्जन भिडियो निमार्णको लाइनमा छन् । यो सकिना साथ हामी चलचित्र छायाँकनमा जानेछौं । चलचित्र निमार्णका लागि मैले कथा बस्तु अन्तिम पु¥याएको छु । सम्भवत नयाँ बर्षबाट हामी छायाँकनमा जानेछौ । हाल हाम्रो टिममा जनशक्तिको पनि सामान्य अभाव नै जस्तै छ । केहि समयमा यसलाई पनि पुरा गरेर हामी छायाँकनमा जानेछौं । अर्को कुरा मेरो सह—निर्देशन तथा अभिनयमा चलचित्र समेत बनेको छ । सम्भवत अवको केहि समयमा चलचित्र “जुली” प्रर्दशनमा आउने छ ।
कलाकारीतमा लागेर कुनै पछुतो त लागको छैन नि तपाईलाई ?
मलाई यो क्षेत्रमा बिशेष त ल्याउने भनेकै अभाव हो । पहिले पहिले सुरुमा गित गर्दा अलि असहज लागेको भने थियो । पछि सबै ठिकै हुँदै गयो । अभाव टार्न म यो क्षेत्रमा आउन बाध्य भएँ । आएपछि सबैको साथ सहयोग मिलेको छ । कहिले लागेन मलाई यो क्षेत्रमा आउन पछुतो । मैले गाउँबाट उठाएका व्यक्ति अहिले राम्रा गाएक भएका छन् । देश विदेशमा चर्चा पाएका छन् । गर्व लाग्छ अहिले यो छेत्रमा छु भन्ने । हाल मेरो टिममा ६/७ जना हुनु हुन्छ । उहाँहरु मेरो पिडा बुझ्नु हुन्छ । बरु अझ मेरो टिमलाई बृहत बनाउने योजना छ । करिब करिब म संगै एक दर्जन बढी सहकर्मी भएको भए अझै नयाँ केहि गरेर देखाउँथे भन्ने लागको छ ।
खगेन्द्र न्याैपानेका गितहरू हेर्न यहाँ किलिक गर्नुहाेस् ।