logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • साताका सात तस्बिर

    साताका सात तस्बिर

    4.6K
    SHARES
    साताका सात तस्बिर

     

    पिठ्युमा दाउराको भारी र हातमा पानीको बोतलसँगै जोखिमपूर्ण काठको पुल पार गरेर घर र्फकँदै गरेकी डोल्पाको मुड्केचुला गाउँपालिकास्थित मालुवाकुना बस्ने वृद्धा । झोलङ्गे पुल नहुँदा स्थानीय दैनिक जोखिम मोलेर आवतजावत गर्ने गर्दछन् ।

    भक्तपुरको जितपुर सरस्वतीथान सडकमा पर्ने गुम्बा र आकाश खुलेपछि त्यसको पृष्ठभूमिमा देखिएको मनास्लु हिमाल ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रबाट खरको भारी बोकेर घर तर्फ जाँदै गरेका मध्यवर्ती क्षेत्रका बासिन्दा ।

    पुननिर्माणको प्रतिक्षामा काठमाडौंको हनुमानढोका दरबार क्षेत्र ।

    सोमबार भक्तपुर दरबार क्षेत्रमा रमाउँदै पर्यटक ।


    म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको बगरस्थित चरन क्षेत्रमा जान म्याग्दी नदीमा बनाइएको अस्थायी साँघुमा तार्दै गरेका भेडा र गोठाला ।

    पार्टीको आठौं अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, साथमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र दीनानाथ शर्मा ।


    अर्थ चाैतारी
  • शनिबार, २४ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट