काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले बुढानिलकण्ठस्थित नवयुवा बाल सुधार समाजका अनाथ बालबालिकाहरूलाई न्यानो कपडा, झोला र स्टेशनरी वितरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले सुधार समाजका अध्यक्ष शिवशंकर नेपालीमार्फत बालबालिकालाई सहयोग हस्तान्तरण गरेका थिए ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा कम्पनी कर्मचारी संघका अध्यक्ष सुसन नेपाल तथा कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । १९ वर्षदेखि सञ्चालनमा रहेको नव युवा बालसुधार समाजलाई सीएसआरको तर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको इन्स्योरेन्सका प्रमुखले बताए । समाजका अध्यक्षले समाज र राष्ट्रका कर्णधार बालबालिकालाई गरेको यो सहयोग सधैँ सम्झिने बताए ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times