logo

२०८१ चैत्र ५ बुधबार

logo
  • बुधबार, ५ चैत्र २०८१
  • नेप्से ७३.०१ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब माथि

    नेप्से ७३.०१ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब माथि

    2.9K
    SHARES
    नेप्से ७३.०१ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब माथि

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साहजनक बृद्धि भएको छ। आज सेयर बजार मापक परिसूक (नेप्से) ७३.०१ अंकले बढेर २ हजार ७ सय ६५.७४ बिन्दुमा उक्लिएको छ। गत साताको अन्तिम कारोबार दिन पनि नेप्से ४३.२९ ले बढेर २ हजार ६ सय ९२.४७ विन्दुमा पुगेको थियो।

    आज समग्रमा नेप्से २.७१ प्रतिशतले बढेको छ। यसैगरी, आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १३.२१ अंकले बढेर ५१९.३७ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आज कारोबार रकममा पनि उत्साहजनक बृद्धि भएको छ। आज कूल सात अर्ब १० करोड १८ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। गत साताको बिहीबार कूल तीन अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

    आज कारोबारमा आएका कूल २३९ वटा कम्पनीका एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर ८२ हजार ११३ पटक किनबेच भएका छन्। आज कारोबारमा आएका सबै उपसूचकको सेयर मूल्य उकालो लागेको छ। आज सबैभन्दा धेरै व्यापार समूहको सेयर मूल्य बढेको छ। यस समूहको सेयर मूल्य आज ६.०८ प्रतिशतले बढेको नेप्से जानकारी दिएको छ।

    आज कारोबारमा आएका १८३ कम्पनीको सेयर मूल्य उकालो लागेको छ। ६ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। आज कारोबारमा आएका नौ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आइतबार खरिद बिक्रीमा अपि पावर कम्पनी र प्रभु बैंक अगाडि रहेका छन्।


    अर्थ चाैतारी
  • आइतबार, २५ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved