logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

    माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

    9.1K
    SHARES
    माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

    काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै विद्यालयहरूमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सरकारलाई सिफारिस गरेको छ। आइतबार बसेको सीसीएमसीको बैठकले देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा आगामी माघ १५ गतेसम्म हिउँदे बिदा दिन सिफारिस गर्ने निर्णय गरेको हो।

    हिउँदे बिदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समूहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने सीसीएमसीको निर्णय छ। यस्तै, जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ अभियान सञ्चाचन गर्न सहजीकरण गर्ने भनिएको छ।

    ‘यस कार्यमा प्रदेश सरकारहरु सहयोग र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत् तथा सबै स्थानीय तहहरुलाई विगतमा झैं आवश्यक सहयोग तथा सहजीकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् अनुरोध गर्ने’, सीसीएमसीको निर्णयमा भनिएको छ।


    artha chautari
  • आइतबार, २५ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट