images
images

सुनको मूल्य ३ सयले घट्यो

  • पुष २६ २०७८, सोमबार
images

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। यस्तै तेजाबी सुन तोलामा ९० हजार ८०० कारोबार भएको छ ।

यसअघि आइतबार छापावाल सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सुन तोलामा ३०० रुपैयाँले घटेको हो । यस्तै चाँदीको मूल्य पनि तोलामा रु ५ ले घटेको छ । आइतबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १२२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

images