प्रि ओपन सेसनमा साढे ६ अंक बढ्यो नेप्से

  • पुष २६ २०७८, सोमबार
images

काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन आइतबार ७३.०५ अंक बढेर २ हजार ७ सय ६५.५१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ६.५७ अंक बढेर २ हजार ७ सय ७२.०९ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५२ अंक बढेको छ।

images

सोमबार प्रि ओपन सेसनमा १८ कम्पनीको ४८ लाख ५ हजार २५० रुपैयाँ ८० पैसा बराबरको १० हजार २८९ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य बढेको छ। बाँकी ५ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

images