logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • प्रधानमन्त्री कप क्रिकेटः आर्मी र पुलिसको जित

    प्रधानमन्त्री कप क्रिकेटः आर्मी र पुलिसको जित

    8.2K
    SHARES
    प्रधानमन्त्री कप क्रिकेटः आर्मी र पुलिसको जित

    काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत सोमबार भएको पहिलो दुई खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित हात पारेका छन्। कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको हो भने मूलपानीमा भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको हो।

    कीर्तिपुरमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई जितको लागि ११७ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले १४ ओभर ४ बलमा सबै विकेट गुमाएर ५३ रन मात्र बनाउन सक्यो। आर्मीका लागि जितेन्द्र मुखियाले चार विकेट लिए भने शुसन भारी र शहाब आलमले २र२ विकेट लिए।

    मूलपानीमा भएको अर्को खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन मात्र बनाएको थियो। पुलिसलाई रोक्ने क्रममा सुदूरपश्चिमका नारायण जोशी र आदित्य महताले समान ३र३ तथा शेर मल्लले २ विकेट लिएका थिए। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो। पुलिसका आरिफ शेखले ४ विकेट लिए।


    अर्थ चाैतारी
  • सोमबार, २६ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट