logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • नेप्सेमा १९.४३ अंकले बढोत्तरी, सवा ७ अर्बको कारोबार

    नेप्सेमा १९.४३ अंकले बढोत्तरी, सवा ७ अर्बको कारोबार

    3.4K
    SHARES
    नेप्सेमा १९.४३ अंकले बढोत्तरी, सवा ७ अर्बको कारोबार

    काठमाडौं । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार १९.४३ अंकले उकालो लागेको छ।योसँगै नेप्से परिसूचक २ हजार ७ सय ८४.९५ को विन्दुमा उक्लिएको छ।

    राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.१६ अंकले बढेर ५२२.५३ को विन्दुमा पुगेको छ। कारोबार रकम ७ अर्ब १२ करोड रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। यो दिन अन्य समूह सर्वाधिक ५.४८ अंकले उकालो लागेको छ। वित्त समूह ३.३१ अंकले बढेको आज व्यापार समूहमा १.९१ प्रतिशत, विकास बैंक समूहमा ०.७६ प्रतिशत, जलविद्युत समूहमा १.३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.५२ प्रतिशत, लघुवित्त समूहमा ०.२३ प्रतिशत, जीवन बीमा समूहमा १.४४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४१ प्रतिशत र लगानी समूहमा १.०८ प्रतिशतको बढोत्तरी भएको छ। आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.१८ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह ०.८२ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूहमा ०.६६ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २३६ कम्पनीका १ करोड ४२ लाख ८८ हजार १३० कित्ता सेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँमा किनबेच भएका छन्।

    यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक २२ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको २१ करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भएको आज एचआईडीसीएलको २१ करोड ३ लाख रुपैयाँ, अपी पावरको १९ करोड २८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १८ करोड ९४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ३५ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १६ करोड ४७ लाख रुपैयाँ, नेसनल माइक्रोफाइनान्सको १६ करोड ३२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ४३ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने धेरै गुमाउने
    आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मध्य भोटेकोशी जलविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन चन्द्रागिरी हिल्सको सेयरधनीले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २६ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved