प्रि ओपन सेसनमा ५.७४ अंक बढ्यो नेप्से

  • January 12, 2022

काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंक बढेको छ।

मंगलबार ४९.१८ अंक बढेर २ हजार ८ सय ३४.१४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ५.७४ अंक बढेर २ हजार ८सय ३९.८७ विन्दुमा पुगेको छ। आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.७९ अंक बढेको छ।

images

प्रि ओपन सेसनमा २५ कम्पनीको ५२ लाख ४ हजार ७१० रुपैयाँ बराबरको ८ हजार १२३ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये १८ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी चार कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।