logo

२०८२ बैशाख २८ आइतबार

logo
  • आइतबार, २८ बैशाख २०८२
  • यती एयरलाइन्सका यात्रुलाई पठाओमा ५० प्रतिशतसम्म छुट !

    यती एयरलाइन्सका यात्रुलाई पठाओमा ५० प्रतिशतसम्म छुट !

    2.8K
    SHARES
    यती एयरलाइन्सका यात्रुलाई पठाओमा ५० प्रतिशतसम्म छुट !

    काठमाडौं । यती एयरलाइन्सका यात्रुहरुले अब पठाओ सेवामा विशेष छुट पाउने भएका छन् । यात्रुहरुको सहजता र सुलभतालाई विशेष ध्यान दिँदै एयरलाइन्स र पठाओबीच सहकार्यको सम्झौता भएको हो ।



    हालै राजधानीमा एक कार्यक्रमकाबीच दुई कम्पनीले व्यवसायिक साझेदारीको सम्झौतापत्रमा हस्ताक्षेर गरेका छन् । सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छूट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा अधिकतम् ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्ट सम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्यसम्म पुग्न सहजताको लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा ‘सहज यात्रा’ अफर ल्याएको कम्पनीले बताएको छ । हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उदेश्यले यति एयरलाइन्स सँग सम्झौता गरिएको पठाओको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । भविष्यमा यति एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।


    अर्थ चाैतारी
  • बुधबार, २८ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved