logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

    नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

    3.8K
    SHARES
    नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ ।

    सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३।९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको छ । नेपाल सरकारले भने ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने बताइरहेको छ । तर, विश्व बैंक भने प्रारम्भबाटै आफ्नो प्रक्षेपणमा अडिग छ । कोरोना विरुद्धको खोप अभियान र यसले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा यो वृद्धिदर हासिल हुन सक्ने अनुमान विश्व बैंकको छ ।

    यो वर्ष सार्क मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले गर्नेछ । यसको ११ प्रतिशतको वृद्धि प्राप्त हुने छ । दोस्रो स्थानमा भारत रहेको छ । भारतले ८.३ प्रतिशतको वृद्धिदर भेटाउने छ । पर्यटनमा आधारित अर्थतन्त्र रहेका माल्दिम्भ र भुटानले राम्रो लय समात्दा नेपाल भने अलमलमै रहेको छ । यसको असर अर्थतन्त्रमा देखिएको छ । भुटानले ५.१ प्रतिशतको वृद्धिदर भेटाउने देखिएको छ ।

    कुन मुलुकको कति प्रतिशत वृद्धिदर ?

    • माल्दिभ्स : ११ प्रतिशत
    • भारत : ८.३ प्रतिशत
    • बंगलादेश : ६.४ प्रतिशत
    • भुटान : ५.१ प्रतिशत
    • नेपाल : ३.९ प्रतिशत
    • पाकिस्तान : ३.४ प्रतिशत
    • श्रीलंका : २.१ प्रतिशत

    विश्व बैंकले यो सूचीमा अफगानिस्तानलाई राखेको छैन । तीव्र राजनीतिक अस्थिरताका बीच यो मुलुकको प्रक्षेपण हुन नसकेको बताइएको छ । नेपालले आगामी वर्ष भने ४.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ । सार्क मुलुकमा सन् २०२१ को मध्यपछि कोरोनाको दोस्रो लहर कम भएको थियो । त्यसपछि अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको प्रतिवेदनमा उल्लेख छ । यसमा औद्यागिक उत्पादनमा आधारित भारत र बंगलादेशले राम्रो संकेत देखाएका छन् ।

    सार्क मुलुकमा व्यापार, आतिथ्य र पर्यटन सेवामा भने महामारी भन्दा अगाडिको स्तरमा पुग्न नसकेको देखिएको छ । माल्दिम्भसमा सन् २०२१ मा पर्यटक आगमन २२.३ प्रतिशतले बढ्दा नेपालमा गिरावट आएको थियो । श्रीलंका भने निरन्तर आर्थिक समस्यासँग जुधिरहेको छ । अफगानिस्तानमा भने अगस्टमा तालिवान शासन आएपछि अन्तर्राष्ट्रिय सहायता ठप्प बन्न पुग्यो ।

    यसका साथै अन्तर्राष्ट्रिय वित्त प्रणाली र विदेशी सम्पत्तिमा समेत पुगेको क्षतिका कारण सो मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेको विश्व बैंकले जनाएको छ । समग्रमा दक्षिण एसियाली भेगले ७.६ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने देखिएको छ । विश्व अर्थतन्त्रमा भने यस्तो वृद्धिदर ४.१ प्रतिशतको रहने अनुमान छ । खासगरी कोरोना भाइरसका नयाँ नयाँ भेरियन्टका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव रहने जोखिम देखिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २८ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट