काठमाडौं । किसान लघुवित्त वित्तिय संस्थाले आफ्ना लगानीकर्तालाई गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
लघुवित्तको ७७ औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई उक्त बोनस सेयर दिने प्रस्ताव गरेको जानकारी दिएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँको २५ प्रतिशले हुन आउने ९ करोड ८२ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो ।
सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै वितरण हुने छ । यस्तै, बोनस वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृती समेत चाहिन्छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times