प्रि ओपन सेसनमा करिब ९ अंक बढ्यो नेप्से

  • January 19, 2022
images

काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ९ अंक बढेको छ।

मंगलबार १०.७८ अंक घटेर २ हजार ९ सय ३६.६६ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ८.९६ अंक बढेर २ हजार ९ सय ४५.६३ विन्दुमा पुगेको छ। आजको उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स १.२६ अंक बढेको छ।

images

आज प्रि ओपन सेसनमा २३ कम्पनीको २३ लाख ५४ हजार ४८५ रुपैयाँ २० पैसा बराबरको ३ हजार ८०२ कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ। सो सेसनमा ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

images