logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • सेयर बजार परिसूचक (नेप्से) ३८.३५ अंकको करेक्सन

    सेयर बजार परिसूचक (नेप्से) ३८.३५ अंकको करेक्सन

    8.3K
    SHARES
    सेयर बजार परिसूचक (नेप्से) ३८.३५ अंकको करेक्सन

    काठमाडौं । सेयर बजारमा बुधबार पनि दोहोरो अंकको करेक्सन आएको छ। आज बजारमा ३८.३५ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २ हजार ८ सय ९८.३१ को विन्दुमा झरेको छ।

    राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ पनि ७.८१ अंकले घटेर ५३९.६५ को विन्दुमा झरेको छ। कारोबार रकम पनि हिजोको तुलनामा घटेर ६ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन अन्य समूह सर्वाधिक २.६७ प्रतिशतले ओरालो लागेको छ।

    व्यापार समूह २.५४ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.७३ प्रतिशत, विकास बैंक समूहमा १.२२ प्रतिशत, वित्त समूहमा २.०२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.३६ प्रतिशत, जलविद्युत समूहमा १.७१ प्रतिशत, लगानी समूहमा १.५८ प्रतिशत, जीवन बीमा समूहमा १.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४४ प्रतिशत, लघुवित्त समूहमा १.३७ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२६ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.८९ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    यो दिन नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँमा किनबेच भएका छन्।

    आज अपी पावरको सर्वाधिक २० करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको २० करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एचआईडीसीएलको १५ करोड ३१ लाख रुपैयाँ, अप्पर तामाकोशीको १५ करोड २१ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १४ करोड १ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १३ करोड ३३ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको १२ करोड ८९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ४१ लाख रुपैयाँ, नेपाल टेलिकमको १२ करोड ३५ लाख रुपैयाँ र सेन्चुरी कमर्सियल बैंकको ११ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज २ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर र सामलिङ्ग पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन घलेम्दी हाइड्रो र कालिका लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ५ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट