logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए शपथ

    नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए शपथ

    2.8K
    SHARES
    नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए शपथ

    काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले शपथ लिएका छन्। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बुधबार पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। पौडेल पुस ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक सञ्चालक समितिको अध्यक्षमा पुनः चयन भएका थिए।

    शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय नीलम ढुङ्गाना तिम्सिना, बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह लगायतको उपस्थिति रहेको थियो।

    नबिल बैंकले ३७औं साधरण सभा सम्पन्न गरेको तथा अहिलेसम्म गरिआएको कार्यहरुलाई, गभर्नर अधिकारीले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गरे। शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पुर्‍याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो। साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएका थिए।

    नबिल बैंक लिमिटेडका अध्यक्ष पौडेललाई पुस ३० गते सम्पन्न बैंकको ३७औँ वार्षिक साधारणा सभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) लि. को प्रतिनिधिको रुपमा निर्बिरोध निर्वाचित गरेको हो। सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको यस नबिल बैंकले १३५ शाखा, १८९ एटीएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा प्रवाह गरिरहेको छ।


    अर्थ चाैतारी
  • बिहिबार, ६ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved