logo

२०८१ चैत्र ९ आइतबार

logo
  • आइतबार, ९ चैत्र २०८१
  • सेयर बजार नेप्से ३३.०३ अंकले उकालो, पौने ६ अर्ब रुपैयाँको कारोबार

    सेयर बजार नेप्से ३३.०३ अंकले उकालो, पौने ६ अर्ब रुपैयाँको कारोबार

    2.6K
    SHARES
    सेयर बजार नेप्से ३३.०३ अंकले उकालो, पौने ६ अर्ब रुपैयाँको कारोबार

    काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।

    आज बजार ३३.०३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २९३१.३४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक ४.०९ अंकले बढेर ५४३.७४ को विन्दुमा पुगेको छ। कारोबार रकम भने पौने ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।

    यो दिन विकास बैंक समूह सर्वाधिक ३.३७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.०२ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन समूहमा ०.५८ प्रतिशत, जलविद्युत समूहमा २.२२ प्रतिशत, लगानी समूहमा २.१२ प्रतिशत, जीवन बीमा समूहमा २.८६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४२ प्रतिशत, लघुवित्त समूहमा १.०८ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०६ प्रतिशत, अन्य समूहमा ०.५२ प्रतिशत र व्यापार समूहमा १.४५ प्रतिशतको बढोत्तरी भएको छ। आज म्युचुअल फन्ड समूह ०.१४ प्रतिशत र बैंकिङ समूह ०.०५ प्रतिशतले ओरालो लागेका छन्।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँमा किनबेच भएका छन्।

    यो दिन आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक २२ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको १८ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिखर इन्स्योरेन्सको १७ करोड ६७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १६ करोड १० लाख रुपैयाँ, नेपाल टेलिकमको १५ करोड ६७ लाख रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सको १५ करोड १८ लाख रुपैयाँ, अप्पर तामाकोशीको १३ करोड १४ लाख रुपैयाँ, एचआईडीसीएलको १३ करोड ६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड ६४ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ९ करोड ८९ लाख रुपैयाँको बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज ३ वटा कम्पनीका सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। मैलुङखोला जलविद्युत र तेह्रथुम पावरको सेयरमूल्यमा १० प्रतिशत तथा बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। न्यादी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। यो दिन बोटलर्स नेपाल ९तराई० सेयरधनीले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ झन्डै २ प्रतिशतले ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • बिहिबार, ६ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved