उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।
सर्वदलीय बैकठ प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे बोलाइएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले बोलाएको सर्वदलीय बैठक भने बहिस्कार गर्दै आएको छ ।