logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • उपत्यकामा जोर विजोर प्रणाली, बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरूको लागि लागु नहुने

    उपत्यकामा जोर विजोर प्रणाली, बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरूको लागि लागु नहुने

    9.9K
    SHARES
    उपत्यकामा जोर विजोर प्रणाली, बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरूको लागि लागु नहुने

    काठमाडौं । बैंक बीमा क्षेत्रका कर्मचारीहरुका लागि जोर विजोर प्रणाली लागु नहुने भएको छ । आज शुक्रवार रातिदेखि लागु हुने भनिएको जोर विजोर प्रणालीमा बैंक बीमा क्षेत्रका कर्मचारीहरुलाई भने लागु हुने छैन ।

    काठमाडौं उपत्यका भित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशनमा ‘परिचयपत्रको आधारमा बैंकरबीमारवित्तीय संस्थारवायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधननमा जोर विजोर लागु नहुने’ भनिएको छ । बीमा कम्पनीका कर्मचारीले आफ्नो परिचयपत्र देखाएर सवारी साधन चलाउन पाउने भएका हुन् ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण तिव्र रुपमा बढ्दै गएको सन्दर्भमा सो को रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले आज राती १२ बजेदेखि लागु हुने गरी जोर विजोर प्रणाली लगाइएको छ । जिल्ला प्रशासनका अनुसार सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाँग्रे सहित) जिल्ला भित्र जोर गते जोर र विजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्नु पर्नेछ । तर यो नियम बैंक बीमा क्षेत्रका कर्मचारी लगायत सरकारी कर्मचारीहरुमा पनि लागु हुने छैन ।

    प्रशासनका अनुसार औषधि एवं स्वास्थ्य सामाग्री बोकेका सवारी साधन, एक्बुलेन्स, दमकल, शववाहानमा पनि लागु हुने छैन । त्यस्तै ग्याँस पेट्रोलियम पदार्थ, पाली बोक्ने सवारी साधनहरु सञ्चालन हुन पाउने छन् । खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामाग्रीहरु बोक्ने सवारी साधनमा लागु हुने छैन । निर्माण सामाग्री बोक्ने सवारी साधन, परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधनमा जोर विजोरको नियम लागु हुने छैन ।

    सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास/परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधनमा पनि यो नियम लागु हुने छैन । सरकारी सवारी साधन, कुटनैतिक नियोगका सवारी साधनहरु पनि निर्वाध रुपमा सञ्चालन हुने पाउने भएका छन् ।


    अर्थ चाैतारी
  • शनिबार, ८ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved