logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • नेप्से परिसूचक १०.८३ अंकले ओरालो, सात अर्बभन्दा माथिको कारोबार

    नेप्से परिसूचक १०.८३ अंकले ओरालो, सात अर्बभन्दा माथिको कारोबार

    9.8K
    SHARES
    नेप्से परिसूचक १०.८३ अंकले ओरालो, सात अर्बभन्दा माथिको कारोबार

    काठमाडौं । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ।

    आज बजार १०.८३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २९२०.५१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.०६ प्रतिशतले बढेर ५४३.८० को विन्दुमा उक्लिएको छ। कारोबार रकम ७ अर्ब बढीको भएको छ।

    आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। यो दिन अन्य समूह सर्वाधिक १.६८ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह १.३८ प्रतिशतले बढेको आज निर्जीवन बीमा समूहमा ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५६ प्रतिशतको बढोत्तरी भएको छ।

    आज वित्त समूह सर्वाधिक २.७७ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.५८ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.८७ प्रतिशत, व्यापार समूहमा १.४७ प्रतिशत, विकास बैंक समूहमा १.३९ प्रतिशत, जलविद्युत समूहमा १.२२ प्रतिशत, लघुवित्त समूहमा ०.२ प्रतिशत र लगानी समूहमा ११४ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका १ करोड ४७ लाख ४ हजार २७७ कित्ता सेयर ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६३ रुपैयाँमा किनबेच भएका छन्।

    यो दिन नेपाल टेलिकमको सर्वाधिक ३२ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको १९ करोड १ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको १७ करोड ५२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १७ करोड ४७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १६ करोड ९६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १५ करोड ४ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको १४ करोड ७६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १४ करोड ६१ लाख रुपैयाँ, अप्पर तामाकोशीको १३ करोड २९ लाख रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सको १२ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा बुद्धभूमि नेपाल हाइड्रोपावर र मैलुङखोला जलविद्युतको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। यो दिन सामलिङ्ग पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। गोर्खाज फाइनान्सको सेयरभाउ पनि ६ प्रतिशतको हाराहारीमा घटेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ९ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved