logo

२०८२ मंसिर २९, सोमबार

logo
  • २०८२ मंसिर २९, सोमबार
  • ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

    ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

    8.1K
    SHARES
    ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै पटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले आइतबार बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो।

    बोर्डले बलेफी हाइड्रोपावरलाई ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेञ्चरलाई ६२ लाख ५० हजार कित्ता, नेष्डो लघुवित्तलाई ८ लाख २५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। यस्तै जाल्पा लघुवित्तले ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपालले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको बोर्डले जनाएको छ।

    बालेफी हाइड्रोपावर र नेष्डो समृद्धि लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ। यस्तै ग्रिन भेन्चरको लक्ष्मी क्यापिटल र जालपा सामुदायिक लघुवित्तको प्रभु क्यापिटल रहेको छ। राष्ट्र उत्थान लघुवित्त एनआईविएल एस क्यापिटल र इमर्जिङ नेपालको एनआईसी एशिया क्यापिटल शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।

    हाल धितोपत्र बोर्डमा यी ६ सहित ३१ कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा छन्। नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा आईपीओ स्वीकृति प्रक्रिया रोकिएको हो। धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेण्टको सेयर प्रकरणमा मुछिएपछि गत असोज १९ गते सरकारले बर्खास्त गरेको थियो। सोपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ।


    अर्थ चाैतारी
  • २०७८ माघ १०, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट