logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • सेयर बजार परिसुचक नेप्से १००.१० अंकले ओरालो

    सेयर बजार परिसुचक नेप्से १००.१० अंकले ओरालो

    6.5K
    SHARES
    सेयर बजार परिसुचक नेप्से १००.१० अंकले ओरालो

    काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयरबजारमा आज ठूलो गिरावट आएको छ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १००.१० अंकले र सेन्सिटिभ सूचक १८.२० अंकले घटेको हो। त्यस्तै तरलता सूचक ७.०२ अंकले र सेन्सिटिभ तरलता सूचक ६.१९ अंकले घटेको छ। बजार घटे पनि कारोबार रकम भने झण्डै नौ अर्ब पुगेको छ। आज बजारमा १८५ कम्पनीका सेयर ओरालो लाग्दा ६ वटाको मात्रै बढेको छ।

    सो अंकले घटेर सूचक २८२०.४१ विन्दुमा आइपुगेको छ। आज २२८ सेयर किनबेच भएकामा १ लाख १३ हजार २ सय ५ पटक कारोबार भएको थियो। सो क्रममा १ करोड ७० लाख ६३ हजार कित्ता सेयर बिक्री भएको छ। ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो।

    आज दुईवटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन्। वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताले कमाए पनि अन्य लगानीकर्तालाई निराश बनाएको छ। आज लगानीकर्ताहरुले ७.८२ प्रतिशतसम्म गुमाएका छन्। उच्च कारोबार भने ३८ करोडसम्मको भएको नेप्सेले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १० माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट