logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • सेयर बजार परिसूचक ५.९२ अंकले घट्यो, कारोबार रकम पाँच अर्बमा सीमित

    सेयर बजार परिसूचक ५.९२ अंकले घट्यो, कारोबार रकम पाँच अर्बमा सीमित

    7.9K
    SHARES
    सेयर बजार परिसूचक ५.९२ अंकले घट्यो, कारोबार रकम पाँच अर्बमा सीमित

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ। यस दिन पुँजी बजार मापन परिसूचक नेप्से ५.९२ अंकले  घटेर २ हजार ८ सय २४.७४ बिन्दुमा ओर्लिएको छ।

    साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा भारी गिरावट आएको थियो।  सोमबार नेप्से १००.१० अंकले घटेर २ हजार ८ सय २०.४१ बिन्दुमा आइपुगेको थियो। यसैगरी, सातको दोस्रो कारोबार दिन सोमबार १८२० अंकले घटेको क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स आज पनि ११७ अंकले ओरोलो लागेर ५२४.८६ बिन्दुमा झरेको छ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा गिावट आएको छ। सोमबार आठ अर्ब ८८ करोड ८८ लाख १३ हजार ११७ रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा मंगलबार पाँच अर्ब ३९ करोड ५७ लाख ७२ हजार रुपैयाँमात्र कारोबार भएको छ।

    आज  २२९  कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएकामध्ये ८६ कम्पनीको सेयर मूल्यमात्र बढेको छ। बाँकी १२१ कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनीको सेयर मूल्य यथावत रहेको छ। आज कारोबारमा आएका दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ११ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved