logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • जापानले दियो १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण

    जापानले दियो १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण

    9.9K
    SHARES
    जापानले दियो १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण

    काठमाडौं । नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारले १० अर्ब ४७ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ ।

    २१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले जानपान सरकारले दिने उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । मंगलबार अर्थसचिव मधुकुमार मरासिनीले उक्त रकम बराबरको सहुलियतपूर्ण नीतिगत ऋण सहायता सम्बन्धी आदान प्रदान प्रत्रमा हस्ताक्षर गरेका छन् । जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।

    जापानी दूतावासले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको छ । कोभिड १९ बाट प्रभावित भएको नेपालको अर्थतन्त्रलाई माथि उकास्न सहयोग महत्वपूर्ण सावित हुने विश्वास जापानले लिएको छ । जापान सरकार नेपाललाई सबै प्रकारको सहायताका लागि प्रतिवद्ध रहेको समेत दूतावासले उल्लेख गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ११ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved