logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • क्रिप्टोकरेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार नगर्न बैंकर्स संघो आग्रह

    क्रिप्टोकरेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार नगर्न बैंकर्स संघो आग्रह

    6.8K
    SHARES
    क्रिप्टोकरेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार नगर्न बैंकर्स संघो आग्रह

    काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टोरभर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबाररव्यवसाय गैरकानूनी रहेको बताएको छ।



    नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टोरभर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टोरभर्चुअल तथा नेटर्वक मार्केटिङलगायत गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकह समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने भन्दै संघले सूचना जारी गरेको छ।

    यसैगरी, नेपाल राष्ट्र बैंकले पनि आइतबार क्रिप्टो करेन्सी, हाइपर फण्ड जस्ता भर्चुअल करेन्सीको कारोबार गरेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ।पछिल्लो समय उच्च प्रतिफलको लोभमा यस्तो कारोबार हुने गरेको भन्दै राष्ट्र बैंकले जहाँसुकै बसेर पनि यस्तो कारोबार गर्न नपाइने बताएको हो।


    अर्थ चाैतारी
  • बुधबार, १२ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved