logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ९० हजार नाघे

    २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ९० हजार नाघे

    7.9K
    SHARES
    २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ९० हजार नाघे

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै संक्रमितमध्ये ८ लाख ३१ हजार ७१२ जना निको भएका छन् । यस्तै हालसम्म ११ हजार ६७२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म कुल जनसंख्याको ४१ प्रतिशत जनसंख्याले पुर्ण खोप पाइसकेको मन्त्रालयले जनाएको छ ।


    artha chautari
  • बुधबार, १२ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट