logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • २१ हजार ८०८ नमूना परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण

    २१ हजार ८०८ नमूना परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण

    2.4K
    SHARES
    २१ हजार ८०८ नमूना परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २१ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा बिहीबार ८ हजार ०१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    गत २४ घण्टामा १५ हजार ७३६ नमूनाको पीसीआर र ६ हजार ७२ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५ हजार ८१६ जना र एन्टिजेन परीक्षणबाट २ हजार २०१ जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै, गत २४ घण्टाको अवधिमा ५ हजार २९२ जना कोरोना संक्रमणबाट मुक्त ९निको० भएका मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ। मन्त्रालयका अनुसार देशभर हाल ९० हजार ५७६ जना सक्रिय संक्रमित छन्।


    artha chautari
  • बिहिबार, १३ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट