logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • जाल्पा सामुदायिक लघुवित्तको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्दै

    जाल्पा सामुदायिक लघुवित्तको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्दै

    7K
    SHARES
    जाल्पा सामुदायिक लघुवित्तको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्दै

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ५ करोड २२ लाख रुपैयाँबराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

    निष्कासन गर्ने कुल ५ लाख २२ हजार कित्ता सेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

    उक्त आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

    कम्पनीको आईपीओलाई इक्रा रेटिङ नेपालले इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। हाल कम्पनीको चुक्तापूँजी १० करोड ७८ लाख रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात उक्त पूँजी १६ करोड पुग्नेछ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट माघ ९ गते स्वीकृति पाएको हो।


    अर्थ चाैतारी
  • शुक्रबार, १४ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved