images

सुनको भाउ ९ सय रुपैयाँले घट्यो

  • माघ १४ २०७८, शुक्रबार
images

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो। बिहीबार पनि सुनको भाउ समान रकमले घटेको थियो।

images

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा झरेको छ। तेजावी सन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि बिहीबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।

images